८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘ग्लोवल वार्मिङ’ले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे

‘ग्लोवल वार्मिङ’ले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे
अ अ+ अ-

काठमाडौँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउनु हुन्छ स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हँुदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउनुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ ।

उहाँ भन्नुहुन्छ, ‘पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।’ जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको उनी सुनाउँछन् । उहाँले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताउनु भयो । वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ । उहाँले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताउनु भयो । हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उहाँको चिन्ता छ ।

उहाँले भन्नुभयो, ‘ग्लोवल वार्मिङ र क्लाइमेट चेन्जको कारणले कतिखेर पहिरो आउँछ भनेर थाहा हुदैन । सन् २०१५ गएको भूकम्प पनि क्लाइमेट चेन्ज र ग्लोवल वार्मिङको कारणले नै हो जस्तो लाग्छ । पर्यटन भनेको हामी लाङटाङबासीको पेसा नै हो तर अहिले पर्यटन व्यवसाय पनि समस्यामा पर्दै गएको छ ।’

हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनु भयो । पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उहाँको भनाइ छ । यस क्षेत्रमा संचालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उहाको भनाइ छ । उहाँले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताउनु भयो । पर्यटकको संख्या बढेपनि सबैजसो स्थानीयहरु होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, ‘२० वर्ष अगाडि जमिनदेखि एक मिटरमाथिसम्म हिउँ पथ्र्यो । सानो घरहरुको त लेभलसम्म नै पुग्थ्यो । अहिले चाँही त्यस्तो छैन । अहिले त ग्लासियर पनि माथि माथि गयो । यसको कारण यहाँको होटल व्यवसाय पनि व्यवस्थित छैन । होटल व्यवसायीका लागि सरकारले कडा नियम लागू गर्न सकेन । क्लाइमेटलाई बिगार्ने काम हामी आफैं गरिरहेका छौँ । यहाँ पर्यटकलाई आकर्षित गर्नुभन्दा कुरेर बस्ने कामहरु हुन थाल्यो । सबैले एउटै काम गर्न थालेपछि अहिले आयस्रोत निकै घटेको छ ।’

छेउछाउमा सेताम्मे हिमाल । वीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । पयर्टकको संख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताउनु भयो । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदुषण समेत बढाउँदै लगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिले त्यति पर्यटकहरु चल्दैन थियो । त्यसो हुँदा फोहोर पनि कम हुन्थ्यो । भएको फोहोर पनि पुर्ने गरेकामे थियो । अहिले त धेरे कुइरेहरु चल्छ । धेरै भएको फोहोरहरु पोल्ने गरेको कारण धुवाले पर्यावरणमा नकारात्मक असर पर्दै गएको छ । पहिले भन्दा अहिले निकै परिवर्तन भएको छ । पहिले गर्मीमा पनि एकदमै जाडो हुन्थ्यो अहिले त गर्मी हुन थालेको छ ।’ 

लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि  नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् ।