२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

बालेनका प्रिय प्रदीप परियारमाथि कसरी लाग्यो भ्रष्टाचारको मुद्दा ?

बालेनका प्रिय प्रदीप परियारमाथि कसरी लाग्यो भ्रष्टाचारको मुद्दा ?
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विवादित पृष्ठभूमिको ठेकेदार कम्पनी जोडिएको छ । अख्तियारले लगाएको ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगोसहितको भ्रष्टाचार मुद्दाको पृष्ठभूमिमा विवादित निर्माण कम्पनी समानान्तर निर्माण सेवा जोडिएको हो ।

परियार महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि यही निर्माण कम्पनीको कारण सरुवामा परेका थिए । विवादित ठेकेदार कम्पनी समानान्तर निर्माण सेवाकै कारण परियारलाई अवधि नपुग्दै महानगरबाट सरुवा गरिएको थियो । परियारको सरुवाको पछाडि ती विवादित ठेकेदारले शक्तिको चलखेल गरेको कुरा त्यसबेलै खुलेको थियो ।

काठमाडौं महानगरपालिकाले त्यसबेला एनसीबीडब्ल्यू–केएमसीअन्तर्गत सामाखुशी करिडोरमा बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माण कार्यको बोलपत्र आह्वान गरेको थियो । तर त्यसबेला प्रतिस्पर्धामा आएको तथ्य र विवरण बङ्ग्याएर समानान्तर निर्माण सेवाले ठेक्का प्रक्रियामा भाग लिएको भेटिएको थियो । त्यसपछि काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले त्यो कम्पनीलाई कालोसूचीमा राखे प्रक्रिया अगाडि बढाएका थिए ।

परियारकै पहलमा काठमाडौं महानगरपालिकाले समानान्तर निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राख्ख सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१, काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४८ र बोलपत्र सम्बन्धी कागजातको जीसीसीको धारा नं. ७३ र ७४ समेतका आधारमा मिति २०८० फागुन २१ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयअनुसार समानान्तर निर्माण सेवा प्रालिलाई ३ (तीन) वर्ष अवधिका लागि कालो सूचीमा राख्न सिफारिस साथ अनुरोध गरिएको छ’, परियारले त्यसबेला पत्रमा भनेका थिए ।

काठमाडौं महानगरपालिकाले आह्वान गरेको सामाखुसी कोरिडोरमा वसुन्धरादेखि मेह्पीसम्म ढल निर्माणकार्यको ठेक्कामा समानान्तरले गलत विवरण पेस गरेको थियो । तर काठमाडौं महानगरपालिकासँगको डिस्पुटसँग सम्बन्धित विषय नखुलाई तथ्य बङ्ग्याई/झुक्काई कार्यालयलाई विवरण पेस गरेको देखिएपछि समानान्तरलाई तत्कालीन अधिकृत परियारले रद्द गरिदिएका थिए ।

आयोगले ढल निर्माण ठेक्कामा मूल्याङ्कन प्रक्रियामा बदनियतपूर्वक हस्तक्षेप गरिएको, झुठा विवरण पेश गरी निर्माण व्यवसायी समानान्तर सेवा प्रालिलाई ठेक्का नदिन नियोजित ढंगले अपव्याख्या गरिएको दाबी गरेको छ । यसबाहेक ठेक्का सन्दर्भमा यसअघि दायर भएको भ्रष्टाचार मुद्दासँग पनि प्रतिवादीहरूको भूमिका रहेको देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। यो मुद्दामा परियारसहित सातैजनाविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगो कायम गरिएको छ । ढल निर्माणको यस ठेक्का प्रक्रिया सम्बन्धमा पनि सोही बदनियत र रिसइवीको आधारमा गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेर त्यसैका आधारमा सरकारी सम्पत्तिमा हानि नोक्सानी गराइएको आयोगको ठहर छ ।

त्यसो तसमानान्तर निर्माण सेवालाई सेटिङमा ठूला सरकारी ठेक्का हत्याउने गरेको आरोप लाग्ने गरेको थियो । समानान्तरले राजस्व छली गरेको आशंकामा २०७८ सालमा राजस्व अनुसन्धान विभागले अनुसन्धानमा पनि तानेको थियो ।

समानान्तर निर्माण सेवा महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारसँग असन्तुष्ट थियो । उसले त्यसैबेलादेखि परियारको सरुवा प्रयास गरेको थियो । नभन्दै परिवारको सरुवा पनि भयो । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समानान्तरलाई कारबाही सिफारिस गरेका प्रमुख प्रशासकीय अधिकृत परियारसहित उल्टै कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्यो ।

सार्वजनिक अनुगमनले सामान्यलाई पत्र काटेको सातामै परियार सञ्चार मन्त्रालयमा सरुवा गरिए । त्यसपछि सञ्चार मन्त्रालयबाट उनलाई सूचना विभागको महानिर्देशक बनाएर पठाइयो ।

तर अहिले अख्तियारले उनै परिवारविरुद्ध मुद्दा दायर गरेको छ । मेयर बालेन शाहको परियारसँग निकै राम्रो सम्बन्ध थियो । परियार २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । त्यसपछि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतसँग पनि बालेनको राम्रो सम्बन्ध छैन ।