५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाभिवेशनः आज राति ८ बजेदेखि मतदान हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

संशोधन कार्यतालिकाअनुसार आज राति ८ बजेदेखि मतदान हुने भएको छ ।

दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ । मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ ।

अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

यस्तै, खुल्ला उपाध्यक्षमा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।

महासचिवमा दिपक धामी, आर के रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।