२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

अनेरास्ववियु महाभिवेशनः आज राति ८ बजेदेखि मतदान हुने

अनेरास्ववियु महाभिवेशनः आज राति ८ बजेदेखि मतदान हुने
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

संशोधन कार्यतालिकाअनुसार आज राति ८ बजेदेखि मतदान हुने भएको छ ।

दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ । मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ ।

अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

यस्तै, खुल्ला उपाध्यक्षमा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।

महासचिवमा दिपक धामी, आर के रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।