४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरभक्षी चितुवा नियन्त्रण गरिने



फाईल फोटो
अ+ अ-

दमौली । यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दुई महिनामा बन्दीपुर गाउँपालिका–२ मा चितुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भइसकेको छ ।

बन्दीपुरका स्थानीयवासीले आज प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दैै चितुवा नियन्त्रण गर्नुपर्ने माग गरे । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले चितुवा नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने, सो जनशक्तिबाट सम्भव नभए राष्ट्रिय निकुञ्ज विभागलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसैगरी वन क्षेत्रको अध्ययन गरी चितुवाको गणना गर्न गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको थियो । घरको आँगनमा खेलिरहेका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो । त्यसैगरी गत चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनी क्षेत्रमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्ला आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् ।