१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ दशमलव शून्य आठको कारोबार भएको छ । जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी रु ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।