३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने अध्यक्ष दाहालको प्रतिबद्धता



अ+ अ-

म्याग्दी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग आज म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष दाहालले निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरी सुुरक्षित बनाउन आफ्नो ध्यान गएको बताउनुभयो ।

रघुुगङ्गा गाउँपालिका–२ बरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।

रघुगङ्गा गाउँपालिका–२ का पूर्ववडाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगँैचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष दाहाललाई बुझाउनुभएको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीमा स्थानीयवासीका गुुनासो सुुन्दै अध्यक्ष दाहालले म्याग्दीको भगवती, दोवालगायतका ठाउँका गुठी र सिमानासम्बन्धी समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य समेत रहेका माओवादी केन्द्र अन्नपूूर्ण गाउँ कमिटीका अध्यक्ष पूर्ण पाइजा र इञ्चार्ज बागवीर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धित मुद्दा सम्बोधनका लागि अध्यक्ष दाहाललाई मागपत्र बुझाउनुभएको थियो । रासस