१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

काठमाडौं बस्ने संक्रमितले वास्तविक ठेगाना नटिपाउँदा हैरान

काठमाडौं बस्ने संक्रमितले वास्तविक ठेगाना नटिपाउँदा हैरान
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ। पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ। दैनिक औसत ८ सय जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन्। तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन्। उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको। यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन्।

‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो। त्यो थाहा भएन’, महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘तर, वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ।’ कोरोना ७७ वटै जिल्लामा फैलिएको छ। देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ। ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमुना परीक्षण हुन्छ। काठमाडौंमा डेरामा आउनेलाई घरभेटीले पीसीआर परीक्षण रिपोर्ट ल्याउन दबाब दिएका छन्। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बाहिरबाट आएका व्यक्ति मापदण्डबमोजिम दुई सातासम्म क्वारेन्टाइनमा बसेको प्रमाण छ र कोरोनासम्बन्धी लक्षण छैन भने पीसीआर नगरी घर पठाउन मिल्छ। तर, डेरावालहरू रिपोर्टका लागि टेकु अस्पतालमा दैनिक औसत ८ सय जनाको भीड लाग्ने गरेको छ। रिपोर्टबिना घरभेटीले घरमा छिर्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा। गौतम बताउँछन्।

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन। जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन्। स्थायी मात्र लेखाउँछन्। कोरोना परीक्षण गर्न आउनेको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको छ। ‘काठमाडौंमा बसेका हुन्छन्, फारममा स्थायी ठेगाना लेखेका हुन्छन्। टेलिफोन उल्लेख हुन्छ। कोरोना पोजिटिभ भएपछि चिन्ता हुन्छ। खोजीनीति गर्दा मोबाइल स्विच अफ हुन्छ’, डा. पाण्डे भन्छन्, ‘यस्तो नगर्न तपाईंहरूको पत्रिकामार्फत अनुरोध गर्छु।’ कन्ट्याक्ट ट्रेसिङमा गएको बेला आफैं संक्रमित हुन पुगेका महाशाखाका चिकित्सकले भने ढाँटेनन्। पहाडी जिल्लामा घर भए पनि उनले अस्थायी ठेगाना ललितपुर भएको जानकारी दिएका थिए। अर्का एक जना लमजुङ ठेगाना भएको व्यक्ति काठमाडौंमा बस्दै आएको पाइएको छ। ‘सुनसरी ठेगाना बताएकी महिलामा संक्रमण पाइएपछि खोजीनीति गर्दा भक्तपुरमा डेरा लिई बसेको पाइयो’, कन्ट्याक्ट ट्रेसिङमा संलग्न एक स्वास्थ्यकर्मी भन्छन्, ‘दाङ र लमजुङ घर भएका व्यक्तिको डेरा काठमाडौं रहेको पाइयो।’     

उपत्यकामा बसिरहेका व्यक्तिले गाउँको ठेगाना दिने गरेका कारण झन् जोखिम बढेको हो। को व्यक्तिबाट कसरी काठमाडौंमा संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न कठिन भइरहेको रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मी बताउँछन्। पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएको पाइएको छ। राष्ट्रिय सूचना आयोगले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको जनाएको थियो। आयोगकी प्रवक्ता कमला ओलीका अनुसार स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक–फरक हुन सक्दछ। एउटा मात्र स्थानबारे उल्लेख गर्दा सर्वसाधारणमा अन्योल पाइएको छ। आयोगले कोरोना संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ। सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले आदेशसमेत दिएको छ।

कोरोना परीक्षण गर्न आउने व्यक्तिले फारममा आफ्नो मोबाइल नम्बर र ठेगाना स्पष्टसँग उल्लेख गर्नुपर्ने डा। पाण्डेको भनाइ छ। ‘फारम भर्ने स्वास्थ्यकर्मीलाई कामको चाप छ। दुईथरी काम गर्न भ्याइनभ्याइँ हुन्छ’, उनी भन्छन्, ‘त्यही भएर परीक्षण गर्ने व्यक्ति स्वयं जिम्मेवार हुनुप¥यो। पछि भेट्न सजिलो हुने ठेगाना र टेलिफोन नम्बर दिए समस्या हुने थिएन।’उपत्यकामा जोखिम बढ्यो काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका १ महिला र भक्तपुरका १ महिला छन्। सोमबार मात्रै उपत्यकामा ८ जनामा संक्रमण देखिएको थियो। लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ। अन्नपुर्णपोष्ट दैनिक