२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेनः सभापति देउवा



अ+ अ-

काठमाडौं; नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनु भयो । उहाँले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताउनु भयो ।

सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताउनु भयो । व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताउनु भयो । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनु भयो । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई । खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरु केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ ।’

सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताउनु भयो । उहाँले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउनु भयो । हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमानेपनि अरु सबै देशले जलवायु न्युनिकरणका लागि काम गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल