५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेनः सभापति देउवा



अ+ अ-

काठमाडौं; नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनु भयो । उहाँले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताउनु भयो ।

सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताउनु भयो । व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताउनु भयो । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनु भयो । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई । खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरु केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ ।’

सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताउनु भयो । उहाँले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउनु भयो । हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमानेपनि अरु सबै देशले जलवायु न्युनिकरणका लागि काम गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल