१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले भने- भारतको कुरा गर्दा प्रचण्डजीले किन खुट्टा उचाल्नुभयो ?



अ+ अ-

काठमाडौँ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले भारतको कुरा गर्दा प्रचण्डले खुट्टा उचालेको आरोप लगाएका छन् । उनले प्रचण्डलाई भने- मैले भारतलाई भनेको हो, तपाईँले नै किन खुट्टा उचाल्ने त ? अनि प्रचण्डले भने- मैले नै मागेँ त राजीनामा किन भारतलाई देखाउनुहुन्छ ? अनि ओलीले भनेका थिए- तपाईं बडो त्यागको कुरा गर्नुहुन्छ, तर के त्याग खोज्नुभएको हो ? म अर्कोपटक प्रतिस्पर्धामा आएर चुनाव लड्दिनँ, महाधिवेशनबाट अध्यक्ष हुन्न भनेकै छु । प्रचण्डजी तपाईं त ३२ वर्षदेखि आफू निरन्तर अध्यक्ष हुनुहुन्छ, तपाईंलाई अरू के त्याग चाहिएको हो ? आफूले पहिले गरेर देखाउनुस्, त्याग कस्तो हुन्छ ? माधवजी १६ वर्ष महासचिव हुनुभएकै हो, एकपटक त्याग गरेर देखाउनुस्, झलनाथजी १३ वर्षसम्म महासचिव र अध्यक्ष हुनुभएको हो, पार्टी कहाँ पुगेको थियो आफैँ समीक्षा गर्नुस् ।

जनताले पक्कै रेकर्ड राखेका छन् । मैले प्रस्ट पारेका कुराहरूमा भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस् । सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन ।

अपिल गर्दै पार्टी एकता जोगाउनुपर्छ, सबैले गम्भीरतापूर्वक कुरा राखौँ, भारतसँगको वार्ता पनि टुंगो लगाउनुपर्नेछ, परिपक्व भएर जानुपर्ने स्थिति छ, एउटा निष्कर्षमा पुग्नुपर्नेछ, प्रधानमन्त्रीले पनि राख्नुहोला, प्रधानमन्त्रीका नजिकका साथीहरू पनि हुनुहुन्छ, तपाईंहरूप्रति कसैको केही गुनासो होइन, पार्टीलाई पद्धतिसंगत ढंगले चलाउने कुरा उठाइएको हो । नयाँ पत्रिकामा समाचार छ ।