३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निकट स्थायी समिति सदस्यहरु पनि बालुवाटार पुगे



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट स्थायी समिति सदस्यहरु पनि आज बिहानै बालुवाटार पुगेका छन् । ओलीले आफू निकट स्थायी कमिटी सदस्यहरु लाई पनि छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

उनले आज बिहानै मन्त्रीहरूलाई पनि छलफलका लागि बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीले अहिले मन्त्रीहरुसँग छलफल गरिरहेका छन् । मन्त्रीहरुसँग छलफल सकिएपछि उनले मन्त्री नरहेका स्थायी समितिका सदस्यहरु जो आफू निकट छन् उनीहरुसँग परामर्श गर्ने बालुवाटार स्रोतले बतायो ।  

आज पनि ११ बजे स्थायी समितिको बैठक बोलाइएको छ । त्यसैले ओलीले स्थायी समितिका तर आफू निकट रहेका सदस्यहरुसँग अहिले केही बेरमा जारी स्थायी समिति वैठकका विषयमा छलफल गर्ने जानकारी श्रोतले दिएको छ। नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए।

आज बस्ने स्थायी समितिको वैठकमा ओलीले आफ्नो रणनीति र कसरी प्रस्तुत हुने भन्ने विषयमा सल्लाह गर्न लागेक हुन् ।

कतिपयले मन्त्रीहरुसँग परामर्श गरेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिन लागेको बताए पनि त्यसो नभएको समाचार स्रोतको दाबी छ । स्रोतले भन्यो, प्रधानमन्त्री राजीनामा दिने मनस्थितिमा छैनन्, अन्तिमसम्म लड्ने मुडमा छन् ।

मंगलबारको स्थायी समिति वैठकमा बोलेका १८ मध्ये १७ जना सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। ओलीले भने ती दुबै माग अस्वीकार गर्दै आएका छन्। उनले हिजो आफूले राजीनामा नदिने स्पष्ट पनि गरेका छन् । बरु उनले आफू बाँचुञ्जेल चुनाव लड्ने बताएका छन् ।