४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीभी परेर अमेरिका पुगेका युवक पनि डिपोर्ट



अ+ अ-

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएर ३७ जना काठमाडौं आएका छन् ।

तीमध्ये एक जना डाइभर्सिटी भिसा (डिभी)मा त्यहाँ गएको व्यक्ति रहेको खुलेको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए ।

एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेपछि उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

अनुसन्धान र कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो ।

अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए । तीमध्ये ५ जना महिला छन् ।