६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोधीहरु एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउनु भयो । अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गर्नुभयो । उहाँले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गर्नुभयो । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने मिसन भएको बताउनु भयो । प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको बताउनु भयो । बहुमत ल्याउने दाबी काँग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्नेकुरा आफ्नो ठाउँमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैपनि समय नेतृत्वमा हुँदैनौँ । अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । हामीले सम्झौता गरेका छाँै । हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो । यो राष्ट्रिय शक्ति त छँदैछ । तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा । त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ । हाम्रा विरोधीहरुले प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन् । नेपाली काँग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि । हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ । कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला । तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन् । यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ । हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रुपमा छाँै, लोकप्रिय पार्टीको रुपमा छौँ ।’

प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहनुभएको बताउनु भयो ।