काठमाडौं । नेकपा तथा सरकार भित्र केही संकट आउनासाथ शितल निवासको सक्रियता बढ्ने गरेको छ । नेकपा भित्र जारी अन्तरसंघर्ष बढेसंगै राष्ट्रपति र प्रधानमन्त्रीको भेट पनि बाक्लिएको छ ।
दुई दिन अघि मात्र एकै दिन दुई पटक राष्ट्रपति बिद्यादेवी भण्डारीसंग छलफल गर्नुभएका प्रधानममन्त्री केपी ओलीले आज बिहान पनि राष्ट्रपतिसंग भेट गर्नुभएको छ । सबैधानिक दायर भित्र रहेको राष्ट्रपति पटक पटक नेकपाको विवाद यसअघि पनि सक्रिय हुनु भएको थियो ।
सिहदरबार र शितल निवासको बाक्लिएको भेटले राजनीतिक दुर्घटनाको संवैधानिक खतरा रहेको भन्दै टिप्पणी पनि हुन सुरु भएको छ ।