२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्री बीच छलफल, राजनीतिक दुर्घटनाको संवैधानिक खतरा भन्दै टिप्पणी



अ+ अ-

काठमाडौं । नेकपा तथा सरकार भित्र केही संकट आउनासाथ शितल निवासको सक्रियता बढ्ने गरेको छ । नेकपा भित्र जारी अन्तरसंघर्ष बढेसंगै राष्ट्रपति र प्रधानमन्त्रीको भेट पनि बाक्लिएको छ  । 

दुई दिन अघि मात्र एकै दिन दुई पटक राष्ट्रपति बिद्यादेवी भण्डारीसंग छलफल गर्नुभएका प्रधानममन्त्री केपी ओलीले आज बिहान पनि राष्ट्रपतिसंग भेट गर्नुभएको छ । सबैधानिक दायर भित्र रहेको राष्ट्रपति पटक पटक नेकपाको विवाद यसअघि पनि सक्रिय हुनु भएको थियो ।  

सिहदरबार र शितल निवासको बाक्लिएको भेटले राजनीतिक दुर्घटनाको संवैधानिक खतरा रहेको भन्दै टिप्पणी पनि हुन सुरु भएको छ ।