४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव फेला



अ+ अ-

काठमाडौँ । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव भेटिएको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको हो ।

कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।

पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो भने साउद बेपत्ता थिए ।