२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई कारबाही



अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । 

दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ति सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताउनुभयो । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताउनुभयो । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजिकरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवन यापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो । सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुलुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ ।