१५ असार २०८३, सोमबार
,
Latest
कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस



अ+ अ-

काठमाडौँ । सरकारले चालु अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको चालु बजेट अधिवेशन आजैबाट अन्त्य गर्न सिफारिस गरेको हो । 

सरकारले आजै बेलुका ५ बजेदेखि लागु हुने गरि संसद अधिवेशन अन्त्य गर्न सिफारिश गरेको हो । 

संसदकाे अधिवेशन अन्त्य भएका कारण यसै संसदबाट पारित हुने अपेक्षा गरिएकाे बहुचर्चित एमसीसी सम्झाैताकाे भविष्य अन्याैलमा परेकाे छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत एमसीसीकाे अनुदान रकमबाट निर्माण गर्नेगरी तय भएका कार्यक्रमकाे अवस्था अनिर्णित भएकाे छ । 

मुख्य रूपमा बजेट अनुमाेदन भइसकेकाे र अन्य जटिल प्रश्नहरू जाेडिएका विवादास्पद विषयलाइ अघि बढाएर अपजस लिन सरकारले नचाहेकाे प्रष्टै देखिन्छ । बरू संसदकाे अधिवेशन एकाएक अन्त्य गरेर सरकार अन्य विषयमा केन्द्रित हुन चाहेकाे जानकारहरू बताउँछन् ।

संसदमा प्रधानमन्त्रीमाथि नै अविश्वासकाे प्रस्ताव ल्याउन सक्ने अड्कल गरिएकाले पनि अधिवेशन अन्त्यकाे निर्णयमा सरकार पुगेकाे छ ।