२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस



अ+ अ-

काठमाडौँ । सरकारले चालु अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको चालु बजेट अधिवेशन आजैबाट अन्त्य गर्न सिफारिस गरेको हो । 

सरकारले आजै बेलुका ५ बजेदेखि लागु हुने गरि संसद अधिवेशन अन्त्य गर्न सिफारिश गरेको हो । 

संसदकाे अधिवेशन अन्त्य भएका कारण यसै संसदबाट पारित हुने अपेक्षा गरिएकाे बहुचर्चित एमसीसी सम्झाैताकाे भविष्य अन्याैलमा परेकाे छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत एमसीसीकाे अनुदान रकमबाट निर्माण गर्नेगरी तय भएका कार्यक्रमकाे अवस्था अनिर्णित भएकाे छ । 

मुख्य रूपमा बजेट अनुमाेदन भइसकेकाे र अन्य जटिल प्रश्नहरू जाेडिएका विवादास्पद विषयलाइ अघि बढाएर अपजस लिन सरकारले नचाहेकाे प्रष्टै देखिन्छ । बरू संसदकाे अधिवेशन एकाएक अन्त्य गरेर सरकार अन्य विषयमा केन्द्रित हुन चाहेकाे जानकारहरू बताउँछन् ।

संसदमा प्रधानमन्त्रीमाथि नै अविश्वासकाे प्रस्ताव ल्याउन सक्ने अड्कल गरिएकाले पनि अधिवेशन अन्त्यकाे निर्णयमा सरकार पुगेकाे छ ।