२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको सरकार ढाल्न पाइदैन भन्दै माईतीघरमा उर्लिए युवाहरु, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका छन् ।