२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।