६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लाम धर्मावलम्बीले धुमधामसाथ मनाए इद–उल–जोहा



अ+ अ-

काठमाडौँ । इस्लाम धर्मावलम्बीले (मुस्लिम)आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाएका छन् ।

बक्रइद (बकरिद) पनि भनिने यो पर्व इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाएका हुन् ।

पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्केपछि परिवारजनमा खुसी थपिएको छ ।

बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् ।

पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर)लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् ।

यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू (इस्लाम धर्मगुरू) को भनाइ छ । इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् ।

सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोराजस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्वानी भएको हुँदा यसै घटनालाई सम्झेर बक्रइदमा पशु कुर्वानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्वानी अल्लाहमा समर्पित मानिन्छ ।

बक्रइद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् । यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पूज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको हुन्छ ।