१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको मुद्दामा संलग्न कानुन व्यवसायीको उपस्थितिमा रास्वपाको ‘केस ब्रिफिङ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको मुद्दामा संलग्न कानुन व्यवसायीको उपस्थितिमा ‘केस ब्रिफिङ’ गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा रास्वपाले सभापति लामिछानेको मुद्दामा केस ब्रिफिङ गरेको हो । केस ब्रिफिङमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमण श्रेष्ठ, मेघराज पोखरेल, सुरेन्द्र थापासहित अधिवक्ताहरू दीपेन्द्र झा, नारायणदत्त कँडेल, राजेन्द्र सेढाईं, सुदीज्ञ पन्त, सञ्जल गोलेलगायत थिए ।

अधिवक्ता सुदीज्ञ पन्तले सभापित लामिछानेलाई लगाइएका अभियोगबारे समष्टिगत विवरण पेस गरेका थिए । त्यसमा अधिवक्ताहरूले ब्रिफिङ गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्षविपरीत मुद्दा लगाइएको बताए ।

यस्तै अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले मुद्दा लगाइएका सहकारीमा लामिछाने सुरुदेखि नै सम्बद्ध रहेर ठगी गरे भन्ने भाष्य स्थापित गराउन खोजिएको बताए ।