३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकमा उत्रिए उद्योगी व्यवसायी



अ+ अ-

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समिति’ले काठमाडौंको बसन्तपुर न्यूरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमाण्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्नेगरी सम्बन्धित सबैपक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताउनुभयो ।

उहाँले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पस्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताउनुभयो ।

उहाँले असार महिना भित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंक समक्ष माग गरिएको बताउनुभयो ।

उद्योगी व्यवसायीहरु ‘आफु पनि बाचौं अरुलाई पनि बचाऔं, कोरोनामय अर्थतन्त्र सबैमिलि जोगाऔं’, ‘उद्योगी व्यवसायी घरधनी बैैंक सबै मिलौं, सहकार्य र सहयोगको वातावरण बनाऔं’, ‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ’, ‘जबरजस्ती ब्याज असुल गर्न बन्द गर’ लेखिएका ब्यान लिएर सडकमा उभिएका थिए ।