१५ असार २०८३, सोमबार
,
Latest
कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालका लागि जग्गा दान



अ+ अ-

सप्तरी । स्थानीयले जग्गा दान गरेपछि सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । गाउँका चार जनाले साढे ६ कट्ठा क्षेत्रफलको जग्गा दान गरेपछि अग्नीसाइर गाउँपालिका–६ स्थित रतवला महुुलीमा १५ श्ययाको अस्पताल निर्माण हुने भएको हो । अस्पतालका लागि स्थानीय हेमनाराण चौधरीले चार कठ्ठा, देवकान्त चौधरीले एक कठ्ठा दश धुर तथा सबुरलाल चौधरी र सुरतलाल चौधरीले १०/१० धुर जग्गा दान गरेको अस्पतालकी संयोजक रहनु भएकी वडाध्यक्ष कुसुमा आचार्यले जानकारी दिनुभयो । 

अस्पताल निर्माणस्थलमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर–६ की अध्यक्ष आचार्य र जग्गा दाताहरुले संयुक्त रुपमा अस्पताल भवनको बिहीबार शिलान्यास गर्नुभयो । पूर्वपश्चिम लोकमार्गदेखि करिब २०० मिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त अस्पतालको कूल लागत रु पाँच करोड रहेको छ ।

वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उद्देश्यले प्रदेश सरकारको योजनाअन्तर्गत अस्पतालको निर्माण हुन लागेको अध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चौधरीले आरम्भमा १५ श्ययाको अस्पताल भए पनि आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिकलगायत सबै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो ।