काठमाडौं । उत्तर कोरियाका नेता किम जोङले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । किम जोङले पार्टी पोलिटब्यूरोको बैठकका क्रममा कोरोना भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको बताएका हुन् ।
कोरोना भाइरस संक्रमण सुरु हुँदा ६ महिनाअघि नै उत्तर कोरियाले आफ्नो सीमा सिल गरेर हजारौँ मानिसलाई आइसोलेसनमा पठाएको थियो ।
उत्तर कोरियामा एक जना पनि कोरोना संक्रमित नरहेको बताइएको छ । यद्यपि विश्लेषकहरूले यो दाबी गलत भएको बताउँदै आएका छन् ।