२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वेता श्री फाउन्डेशनलाई सनराइज बैंकको ५ लाख रुपैयाँ सहयोग



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई सनराइज बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । 

शुक्रबार एक कार्यक्रमको बीच बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गर्दै प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड(१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको र आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने बताएका हुन् । 

यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाए ।

सो फाउन्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।