३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन



अ+ अ-

नयाँ दिल्ली । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।  उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय हुनुभएको थियो । 

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ हुनु भएको थियो । उहाँलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् । 

“उहाँको गएराती २।३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भन्नुभयो । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उहाँको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।