काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढीमा भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।
उनकाअनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीन जना, मंगलसेन अछामका दुई जना, चुरे गाउँपालिका कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र कैलालीको टीकापुरका एकरएक जनामा कोरोना पुष्टि भएको छ ।