२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा उपचारारत एक बृद्धको मृत्युपछि कोरोना पुष्टि, मृतकको संख्या ३२ पुग्यो



अ+ अ-

काठमाडौं। मुटुसम्बन्धी समस्या देखिएपछि काठमाडौंमा उपचारत्त एक बृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल प्रसन पार्वती विष्टका अनुसार उपचाररत ८५ वर्षीय बृद्धको बिहिबार मृत्यु भएको थियो ।  

मृत्युपछि कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएको विष्टले जानकारी दिइन्। अहिले उनको मृत्यु भएको अस्पताल र ठाउँ खुलाइएको छैन।

मृतक बृद्धको नेपाली सेनाको संयोजनमा शवको व्यवस्थापनको काम भइरहेको छ। उनको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।