२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा उपचारारत एक बृद्धको मृत्युपछि कोरोना पुष्टि, मृतकको संख्या ३२ पुग्यो



अ+ अ-

काठमाडौं। मुटुसम्बन्धी समस्या देखिएपछि काठमाडौंमा उपचारत्त एक बृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल प्रसन पार्वती विष्टका अनुसार उपचाररत ८५ वर्षीय बृद्धको बिहिबार मृत्यु भएको थियो ।  

मृत्युपछि कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएको विष्टले जानकारी दिइन्। अहिले उनको मृत्यु भएको अस्पताल र ठाउँ खुलाइएको छैन।

मृतक बृद्धको नेपाली सेनाको संयोजनमा शवको व्यवस्थापनको काम भइरहेको छ। उनको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।