१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको छ ।