१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपालीलाई भिसा प्रक्रियामा झन् कडाइ गर्‍यो



अ+ अ-

काठमाडौँ । अमेरिकाले नेपाली नागरिकलाई भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको छ ।

भिजिट भिसामा जानेबाट लाखौँ रूपैयाँ अवैध रुपैयाँ असुल्ने गर्ने गरिएको विवरण सार्वजनिक भएसँगै अमेरिकाले नेपालबाट जानेहरूका लागि भिसा दिन झन् कडाइ गरेको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै कडाइका साथ गरिने सुरक्षा जाँचबिना भिसा दिन नसकिने जनाएको छ ।

दूतावासले राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने पनि जानकारी गराएको छ ।

‘प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट गुज्रनुपर्छ, जसमा कानुन कार्यान्वयन निकायका रेकर्ड र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छन्,’ दूतावासले सूचनामा भनेको छ, ‘सबै सुरक्षा जाँचहरू पूर्ण रूपमा पूरा भएर सम्भावित आशंकाहरू निवारण नभएसम्म तपाईंको भिसा जारी हुने छैन ।’

यस्तै, दूतावासले अमेरिकाको राष्ट्रिय सुरक्षा आफूहरूको उच्च प्राथमिकता रहेको जनाउँदै अमेरिकातर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय रहेको उल्लेख गरेको छ । ‘राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिकातर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो’, दूतावासले अगाडि भनेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितको मिलेमतोमा भिजिट भिसामा जानेबाट दैनिक ५० लाखभन्दा बढी रुपैयाँ उठाउने गरेको प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकका सचिवालयकै सदस्यहरूसमेत लेनदेनमा मुछिएको जानकारी सार्वजनिक भएको छ ।