२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८ नयाँ सङ्क्रमित थपिए



अ+ अ-

विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ । 

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ ।