२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस्ः सांसद तामाङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गर्नुभएको हो ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राजतन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद तामाङले भन्नुभयो, ‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो । त्यसलाई पूरै फिर्ता लिएको छ । नियमित सुविधान पनि खोसिएको छ । आन्दोलनका क्रममा घाइते भएका छन् । कसैको हात भाँचिएको छ । टाउको फुटेको छ । उनीहरुको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ ।’

सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाउनु भयो ।