२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँमा स्थानीयबासी र प्रहरीबीच झडप, केही प्रहरी घाइते



अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

आफ्नो जमिन खनजोग गर्न गएका किसानलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोक्दै खानजोत गर्नुका साथै ट्याक्टर समेत लगाएका हुन्।

प्रहरीले थप टोली बोलाएर अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

सरकारले काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी गरेको थियो । खोकनाबासीले विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै विरोध गर्दै आएका थिए ।   

उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।