३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँमा स्थानीयबासी र प्रहरीबीच झडप, केही प्रहरी घाइते



अ+ अ-

काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

आफ्नो जमिन खनजोग गर्न गएका किसानलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोक्दै खानजोत गर्नुका साथै ट्याक्टर समेत लगाएका हुन्।

प्रहरीले थप टोली बोलाएर अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

सरकारले काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी गरेको थियो । खोकनाबासीले विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै विरोध गर्दै आएका थिए ।   

उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।