५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको आरोप: प्रचण्डले हिंसा भड्काउन कार्यकर्तालाई उक्साए



अ+ अ-

काठमाडौं। राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो आरोप लगाएको हो ।

राप्रपाले स्वर्गबासी राजा बीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपा सशक्त विरोध गरेको जनाएको छ ।

बैकठले पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपाले खेद व्यक्त गर्दे यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

बैठकले जारी आन्दोलनको अग्र मोर्चामा दृढताका साथ खडा हुँदै गर्दा केही सञ्चारमाध्यममा राप्रपा, राप्रपाको नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पार्ने गरी समाचार सम्प्रेषित भएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपा जारी आन्दोलनलाई निश्कर्षमा पुर्‍याउन पूर्ण प्रतिबद्ध छ र निरन्तर आन्दोलनको अग्रभागमा रहनेछ। यसप्रकारको कपोलकल्पित समाचारबाट कोही भ्रममा नपर्न समेत राप्रपा आग्रह गरेको छ ।

पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न राप्रपाले सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक आह्वान गरेको छ ।

साथै, अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता, कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्ने मात्र होइन कारबाहीको भागीदार समेत हुनुपर्ने कार्यसम्पादन बैठकको निर्णय रहेको जनाएको छ ।