२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपीएफ टोलीद्वारा पटका बरामद



अ+ अ-

सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ भाडसरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले असार २० गते विहान करीब पाँच लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त पटका बरामद गरेको हो । 

उक्त पटका टाउँकोमा बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका केही व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै उल्लेखित पटका सोही ठाउँमा छाडी फरार भएका थिए ।