२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसहित सबै मन्त्री बालुवाटारमा, प्रधानमन्त्रीले चाल्ने कदमबारे सशंकित



अ+ अ-

काठमाडौँ । राष्ट्रपति बिद्यादेबी भण्डारीसंग छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्कनु भएको छ ।

करिब एक घण्टा राष्ट्रपतिसंग छलफल गरेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्कनु भएको हो । 

मन्त्री तथा राज्यमन्त्रीहरु पनि यतिबेला बालुवाटार पुगेका छन् । उनीहरुलाई सातै बजे बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।

तर प्रधानमन्त्रीले राष्टपतिसँग के छलफल गरे र उनले लिने सम्भाबित कदम के हो भन्ने बारेमा मन्त्रीहरु अनभिज्ञ रहेका छन् । उनीहरु अनभिज्ञ  मात्र होइन कि सशंकित पनि रहेका पाइएको छ ।