३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- पार्टी फुट्न पनि सक्छ, हाम्रो भेट भोलि नै नहुन पनि सक्छ



अ+ अ-

काठमाडौँ । साँझ ७ बजे अनिवार्य उपस्थितिका लागि बोलाइएपछि बालुवाटार पुगेका मन्त्रीहरुसँग प्रधानमन्त्री केपी ओलीले परामर्श गरेका छन् ।

पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारबाट बाहिरिएका छन् । ‘पूर्व माओवादी’ खेमाका मन्त्रीहरु बालुवाटारबाट बाहिरिएर खुमलटार पुगेको अनुमान गरिएको छ ।

उनीहरुसँग प्रधानमन्त्रीले सहयोगको आग्रह गरेका थिए तर सहयोगको बाचा भने मन्त्रीहरुले गरेनन् ।   

प्रधानमन्त्रीले मन्त्रीहरुलाई अहिलेको परिस्थिति जटिल अवस्थामा रहेकोेले एक ढिक्का भएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

आफूलाई सहयोगको आग्रह गरेपछि पूर्व माओवादी खेमाका मन्त्रीहरुले कुनै जवाफ दिएका छैनन् । 

ओली हालैको स्थायी समिति तथा प्रचण्डसँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए ।

साथै पार्टी एकता संकटमा परेकोले मलाई सहयोग गर्नुहोस् भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई आग्रह गरेका थिए । तर केही बेरको ओलीको कुरा सुनेपछि बादल र वर्षमान पुनसहितका माओवादी खेमाका मन्त्रीहरु बाहिरिएका छन् ।

उनीहरु खुमलटार पुगेर प्रचण्डलाई यस बारेमा जानकारी गराउने अनुमान गरिएको छ । 

आजै साँझ प्रधमानमन्त्री ओलीले शीतल निवास पुगेर राष्टपतिलाई भेटेका थिए । त्यस लगत्तै उनले मन्त्रीहरुसँग परामर्श गरको थिए ।

प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा परेको भन्दै भोलि यही पार्टी नरहन पनि सक्छ, तपाईँहाम्रो भेट भोलि नै नहुन पनि सक्छ भनेर मन्त्रीलाई मन्त्रीहरुलाई मनाउने प्रयास गरेका थिए ।

ओलीले भनेका थिए, पार्टी फुट्न पनि सक्छ, भोेलि नै तपाईहाम्रो भेट नहुन पनि सक्छ भनेका थिए । 

तर पनि गृहमन्त्री बादलले भने आफूहरुले साथ दिन नसक्ने संकेत प्रधानमन्त्रीलाई गरेको बुझिएको छ ।