२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी, हृदयेन्द्र सहित राजसंस्था पक्षधरबाट दिवंगत राजपरिवारको सम्झनामा दीप प्रज्वलन -तस्बिरहरु



अ+ अ-

काठमाडौं । राजा वीरेन्द्रको सम्झनामा कमलादीस्थित गणेशमन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व. राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले राजा वीरेन्द्रको परिवारसहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण गरेका छन् । वि।सं। २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा राजपरिवारको वंश विनाश हुनेगरी हत्या भएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । —न्युज एजेन्सी नेपाल