२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



अ+ अ-

काठमाडौं। आईतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्य शुक्रबार कायम गरिएकै मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आईतबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको महासँघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।

पछिल्लो समय डलरको भाउ केहि घटेकाले नेपाली बजारमा सुन केहि सस्तो भएको सुनचाँदी व्यवसायी बताउछन् । यद्यपि, ९० हजारको भाउ भनेको अझै धेरै महँगो रहेको व्यवसायीले बताएका छन्। आइतबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको  छ ।