२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निवासमा नेकपाका शीर्ष नेताहरु



अ+ अ-

काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तिव्र पारेका छन् ।  

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरी मन्त्रीहरुलाई आफु र राष्ट्रपति विरुद्ध षडयन्त्र भइरहेको भन्दै ब्रिफ्रिङ गरेपछि आज ओली इतर नेताहरुपनि शितल निवास पुगेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति विरुद्ध अहाअभियोग लगाउने तयारी भएको र आफुलाई पनि हटाउने षडयन्त्र भएको मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु आज राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले पार्टी संकटमा पुगेको ब्रिफ्रिङ गरेपछि इतरका नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेका छन् । भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदम विरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिलाई भेटेपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । पार्टीलाई फुटको संघारबाट जोगाउन ओली र दाहालबीच आज निर्णायक वार्ता हुन सक्ने बुझिएको छ । दुबै पक्षबाट दोस्रो तहका नेताहरु पनि वार्तामा सहभागि भएको बुझिएको छ । सोमबार स्थायी समिति बैठक पछि बस्दै छ ।