३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु



अ+ अ-

काठमाण्डौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको होे । 

दुई अध्यक्षबीच शनिबार हुने भनिएको छलफल हुन सकेको थिएन । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक पनि भोलिसम्मको लागि स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी भित्र विवाद लम्बिंरहँदा हिजो मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भैरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिनुभएको थियो ।

ओलीको यो अभिव्यक्तिपछि प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास जानुभएकाे थियाे । शितल निवासबाट फर्किएर प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।