१५ असार २०८३, सोमबार
,
Latest
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी विदेशमन्त्री कुरैसीलाई कोरोना संक्रमण



अ+ अ-

इस्लामाबादः पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीलाई कोरोनाभाइरस संक्रमण भएको छ । विदेशमन्त्री कुरैसीलाई थप उपचारका लागि रावलपिन्डीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

विदेशमन्त्री कुरैसीले आफूलाई ज्वरो आएको र परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएको बताउँदै आफू तत्कालै आइसोलेसन र क्वारेन्टिनमा बसेको ट्वीटर मार्फत जानकारी दिनु भएको छ ।

पाकिस्तानी विदेशमन्त्रीलाई कोरोना संक्रमण देखिएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

पाकिस्तानमा थुप्रै सांसदलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

दुई साता अघि सत्तारुढ एमक्यूएमका नेता एवं पाकिस्तानी संचार मन्त्री सइद अमिनुल हकलाई कोरोना संक्रमण देखिएको थियो भने विपक्षी पिएमएलका प्रवक्ता मारियम औरंगजेबलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।