२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोडसम्म ऋण लिने उद्यमीहरुले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् –पूर्वअर्थमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरुले अहिले पनि ऋण लिँदा दुःख पाएको बताउनुभएको छ ।

सोमवार अर्थ समितिमा भएको बाफिया सम्बन्धि छलफलमा उहाँले त्यस्ता ऋणीहरुलाई बैंकहरुले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारका आवश्यकता रहेको बताउनु भयो । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उहाँको भनाई छ ।

पूर्वअर्थमन्त्री कार्कीले भन्नुभयो– ‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् ।  राष्ट्र बैंक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

काँग्रेस सांसद समेत रहनुभएका कार्कीले बैंकर र ब्यापरीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।