१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाराबाजीका बीच प्रस्ताव पारित



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । 

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनवाट उठेर विरोध जनाउनुभएको थियो । 

विरोधकै बीच सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम माथिको कारवाही अगाडि बढाउनु भएपछि ती दुई पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गर्नुभएको थियो । नाराबाजीकै बीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुँदा उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।
  
प्रतिपक्षी दलका सदस्यले बेल घेरेर नाराबाजी गरिरहँदा पनि प्रस्ताव पारित गर्ने कार्य असंसदीय भएको टिप्पणी  काँग्रेसका सदस्य भरतबहादुर खड्काले गर्नुभयोे । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यक्रमबारे प्रतिपक्षी सदस्यको माग सुनुवाइ नभएसम्म प्रदेशसभा बैठकमा विरोध जारी रहने उहाँले बताउनुभयो ।

प्रतिपक्षी दलले राखेका मागबारे छलफल गर्न सरकार र प्रतिपक्षी दलकाबीच चारपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन नसकेको जनाइएको छ । बैठकलाई पुनः सञ्चालन बनाउने विषयमा छलफल गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि कुनै सहमति जुट्न नसकेको बताइएको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको रु ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएको जनाउँदै प्रतिपक्षीदलले विरोध गर्दै आएका छन् । ५३ सदस्य रहेको प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् ।