२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँ सोमवार विहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । उहाँ जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएको थियो । उहाँसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत रहनुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धीमुलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनु भयो । मन्त्री भण्डारीकाअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा चीन–नेपालबीचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताउनु भयो । उहाँले चीन–नेपालबीचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले सभामा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समूदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ताहरु भयो । खासगरी नेपाल–चीनबीचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबीचका साझा मान्यताहरु, समझदारी र सम्झौताहरु समेत पुर्नताजगि गर्ने भ्रमणका रुपमा रह्यो । यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरुका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले चीनमा पाएको उच्चस्तरको सम्मानपछि नेपालमा वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यतालाई चीनले सकारात्मक रुपमा लिएको विश्लेषणहरु हुन थालेका छन् ।




भर्खरै