२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र यातायात व्यवसायीबीच सिंहदरबारमा वार्ता सुरु



अ+ अ-

काठमाडौं । सार्वजनिक यातायात ठप्प पारेर प्रदर्शनमा उत्रिएपछि यातायात व्यवसायीका माग सम्बोधन गर्न सरकारले वार्ता सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकसहित सरकारी अधिकारी र यातायात व्यवसायीहरु अहिले सिंहदरबारमा वार्ता भइरहेको छ । यातायात व्यवसायीले राइड सेयरिङ तथा सेल्फ ड्राइम सञ्चालन अनुमतिको विरोध गर्दै आज देशभर यातायात ठप्प पारेका छन् ।

कालो नम्बर प्लेटका कुनै पनि सवारी साधन सञ्चालन नभएपछि यात्रु मर्कामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आज कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालनमा नल्याएका हुन् ।

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।

काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् । निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेका छन् ।

तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।

बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।