५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ ।

सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आईतवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

गुठी संस्थान ललितपुरका प्रतिनिधिले मत्स्येन्द्रनाथको रथमा उभिएर भोटो देखाउनु भयो ।

भोटो प्रदर्शनीमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।

भोटो प्रदर्शनपछि राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिहरूले रातो मत्स्येन्द्रनाथको टिका र प्रसाद ग्रहण गर्नुभयो । यो परम्परा करिव ८०० वर्ष पुरानो मानिन्छ । भोटो देखाउनुको पछाडि भूतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ ।

मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।