२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २७ जना र भक्तपुरका १ जना र ललितपुरको २  जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौँ जिल्लामा मात्रै आज २७ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।