१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस

सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ ।  कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो । बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ता र सम्भावित सत्ता साझेदारीको विषयले बढी चर्चा पाएको छ । बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्रीसँगको भेटको कारण र सत्ता साझेदारीको विषय के हो भनी सभापति देउवालाई प्रश्न गरेका थिए । बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र नेता सुवास नेम्वाङलाई पठाएर गरिएको भेटबारे जिज्ञासा राखेको र संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई सचेत गराएको जानकारी दिए ।

‘बैठकमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र दूत पठाएर गरिएको भेटबारे जिज्ञासा राखे । संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई वरिष्ठ नेताले सचेत गराउनुभएको छ,’ नेता जोशीले भने ।नेता पौडेलको प्रश्नमा सभापति देउवाले भने प्रधानमन्त्री ओली र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी, नागरिकता विधेयकबारे छलफल भएको जवाफ दिएका छन । उनले भेटमा सत्ता साझेदारीबारे कुराकानी नभएको समेत जवाफ दिएका छन् ।

‘प्रधानमन्त्री र सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी, नागरिकता विधेयकबारे छलफल भएको हो, सत्ता साझेदारीमा होइन,’ उनले भने । बैठकमा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप प्रस्ट पारेका थिए । उनीसमेत सो भेटमा सहभागी थिए । बैठकमा बोल्ने केही नेताले सत्तारूढ नेकपाको विवादमा कांग्रेस जोडिन खोजेको र सत्ताको मोह देखाएको भन्दै आक्रोशसमेत पोखेका छन् । ‘सत्तारूढ नेकपाको विवादमा कांग्रेस जोडिन किन खोजेको ? कांग्रेसलाई जनताले जे म्यान्डेड दिएका छन्, त्यही गरौं, सत्तामा उक्लिने म्यान्डेड कांग्रेसलाई छैन,’ बैठकमा राखेको धारणा सुनाउँदै एक नेताले भने । कांग्रेस नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको आन्तरिक कलहमा कांग्रेस सामेल नहुने बताए ।

‘सत्तारूढ दलभित्र जे हुँदै छ, यो उनीहरुको आन्तरिक कलह हो । कम्युनिस्टको यो कलहमा कांग्रेस सामेल हुन चाहँदैन । मुलुकमा अस्थिरताको स्थिति कांग्रेस चाहँदैन । सत्ता साझेदारीमा कांग्रेस सामेल हुँदैन, यो हल्ला हो,’ नेता केसीले भने ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारूढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए । ‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने र प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो, हामी यो विषयसँग निरपेक्ष छौं तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कार र जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौं,’ प्रवक्ता शर्माले भने । राजधानी दैनिक