१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल
अ अ+ अ-

पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ माग गरेको बुझिएको छ । ‘माघमा सूचना प्रकाशित गरी ३० दिनभित्र पुस्तक छपाइ गरी केन्द्रमा बुझाउन निर्देशनसहितको चिठी दिएको थियो । तर चिठी उपलब्ध गराएपछि छपाइ स्वीकृत नदिएर प्रकाशकलाई आर्थिक दबाब दिएको छ । माघमा सूचना जारी गरेपछि पुस्तक प्रकाशकले परिवर्तन भएको प्रति पुस्तक १० हजार रुपियाँ राजस्व बुझाइसकेका थिए । राजश्व बुझाएर प्रक्रिया शुरु गर्न खोज्दा अहिलेसम्म पुस्तक छपाइ गर्न निर्देशन दिएको छैन’ –एक प्रकाशकले नेपाल समाचारपत्रसँग भने । स्वीकृत पाएर पनि पुस्तक छपाइ गर्न नदिएर चलखेल गरेको आशंकामा करिब डेढ महिनाअघि केन्द्रबाट पाठ्यपुस्तक छपाइसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो ।

केन्द्रका महानिर्देशक केशव दाहालले आफूहरुले कुनै आर्थिक चलखेल नगरेको र कुनै प्रकाशकसँग रकम माग नगरेको दाबी गरे । उनले भने– ‘यो सबै हावादारी कुरा हुन्, रकम मागेको भए मसँग कुरा गर्न आउनुपर्छ ।’ तर केन्द्रले चैतमा पुस्तक प्रकाशन गरी बिक्री गरिसक्नुपर्ने अवस्थामा हालसम्म छपाइ गर्न नदिन चलखेल भएको आशंका गरिएको छ । केन्द्रका महानिर्देशक दाहालले अख्तियारले छानबिन सकेपछि मात्रै छपाइ स्वीकृत दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी अख्तियारमा जाँदै छौं, निर्णय भएपछि मात्र छपाइ गर्न दिन्छौं ।’ तर पुस्तक प्रकाशकहरुले आर्थिक चलखेलकै कारण पुस्तक छपाइ गर्न नदिएको आरोप लगाउँदै आएका छन् । सरकारले यो वर्षदेखि कक्षा १ का लागि नयाँ पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रम लागू गरेपछि समयमै पुस्तक छपाइ गर्न दिनुपर्ने केन्द्रले मनोमानी गर्दै आएको प्रकाशक र बिक्रेताको आरोप छ । ‘तीन महिना भयो पुस्तक छपाइ गर्न दिने विषयमा अत्तोपत्तो छैन, कक्षा १ का नयाँ कोर्स पढ्ने करिब ७ लाख विद्यार्थी वञ्चित भएका छन्’ –उनले भने ।

स्रोतका अनुसार केन्द्रका उच्च कर्मचारीले प्रकाशकसँग भेट गरी अख्तियारसँग कुरा मिलाएर फाइल फिर्ता पठाउने व्यवस्था मिलाउन गुहारिरहेका छन् । केन्द्रले पुस्तक छपाइ गर्न स्वीकृत नदिए पनि केही प्रकाशक र बिक्रेताले लुकिछिपी छपाइ गरेर बिक्री भइरहेको छ । केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले अख्तियारले छानविन पूरा गरी फाइल पठाएपछि मात्र छपाइ गर्न दिने बताए ।
केन्द्रले आयोगले फाइल लैजानु अघिसम्म महानिर्देशक नभएको कारण दिन नसकेको बताउँदै आएको थियो । करिब एक महिनाअघि महानिर्देशकका रुपमा दाहाल भित्रिएपछि पनि छपाइ गर्न दिने विषयमा चासो दिएको थिएन । ‘लाखौं विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै केन्द्रले मनोमानी गरिरहेको छ’, एक प्रकाशकले भने– ‘हामीले राजस्व बुझाएर छाप्ने अधिकार पाउँदा पनि केन्द्रले आर्थिक रुपमा बार्गेनिङ गरिरहेको छ ।’

केन्द्रले कक्षा १ का लागि मेरो सेरोफेरो, अंग्रेजी, नेपाली र गणित गरी चार विषय स्वीकृत गरेको छ । प्रकाशकले नयाँ परिवर्तन भएको विषयको प्रति विषय १० हजार रुपियाँ राजस्व तिरिसकेका छन् । देशभर करिब ८० वटा पुस्तक प्रकाशक र बिक्रेता भए पनि कक्षा १ को नयाँ पुस्तक छपाइ र बिक्री गर्न करिब १८ वटाले स्वीकृति पाएका थिए । स्वीकृति पाउनेमा एरावत, आठराई, युनिक, संगम, क्रियटिभ रिडर्स, मेघा, इलाइट, नेचर, ओसिन, युनाइटेड, पुस्तक पब्लिकेसन रहेका छन् ।

त्यस्तै नोभा, ब्रिलियन्ट, जेबीडी, सिम्फोनी, सञ्जीवनी, शुभारम्भलगायत छन् । उनीहरुले केन्द्रसँग पटकपटक छपाइ स्वीकृत माग्दा केन्द्रले अख्तियारमा फाइल पुगेको बहाना गर्दै तत्काल पुस्तक दिन नमिल्ने बताउँदै आएको छ । निजीले अंग्रेजी माध्यमबाट पढाइ गर्न नदिएर नेपाली माध्मबाट पढाउन लाद्ने र आर्थिक चलखेल गर्न अहिलेसम्म स्वीकृत नदिएको निजी प्रकाशकको आरोप छ । यसैबीच यो वर्षदेखि परिवर्तित पुस्तक पढाइ हुने भएपछि केन्द्रले नयाँ पुस्तकमा अनिवार्य रुपमा कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र कोभिड–१९ को बारेमा जानकारी हुने गरी सामग्री समावेश गर्न पत्राचार गरेको छ । नेपाल समाचारपत्र दैनिक